सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पाइलट र अपरेटरको लापरबाही : जाँच प्रतिवेदन
काठमाडौं । सौर्य एयरलाइन्सको पोखरामा दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको दुर्घटनाको कारण पाइलटको गल्ती र एयरलाइन्सको गम्भीर लापरबाही रहेको छ।
दुर्घटनाको अनुसन्धानका लागि गठित रतिशचन्द्रलाल सुमन नेतृत्वको आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको अन्तिम प्रतिवेदनले पाइलटले टेकअफका क्रममा जहाजको अगाडिको भाग अत्यधिक माथि उठाउँदा ‘डीप स्टल’ भएको र गति नपुग्दा जहाज खसेर दुर्घटना भएको उल्लेख गरेको छ।
प्रतिवेदन अनुसार, स्पीडकार्डमै गल्ती भएकाले ‘भी-स्पीड’ गणना नै गलत थियो। कार्गो र तौल व्यवस्थापन प्रक्रियामा व्यापक लापरबाही देखिएको छ।
जहाज एक मिनेटमै जमिनमा ठोक्किएको र आगलागी भएको जनाइएको छ। साथै, दुर्घटनापछि प्रमाण हटाउने काम विमानस्थल प्राधिकरणको लापरबाही भएको उल्लेख छ।
उक्त जहाज ‘फेरी फ्लाइट’ अन्तर्गत सि–चेक मर्मतका लागि पोखरा उडाइएको थियो।
