स्पेन महिला टिम युरो कप सेमिफाइनलमा

भक्तपुर न्यूज

३ साउन २०८२ ८:५७

स्पेन महिला टिम युरो कप सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली स्वीजरल्यान्डलाई २-० ले पराजित गर्दै स्पेन महिला टिम युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

पहिलो हाफमा बराबरीमा रोकिएको विश्व विजेता स्पेनले दोस्रो हाफमा एथेनिसा डेल कास्टिलो र क्लाउडिया पिनाको गोलमार्फत जित निकालेको हो।

सन् १९९७ यता पहिलोपटक सेमिफाइनल पुगेको स्पेनले खेलमा दुई पेनाल्टी मौका खेर फाले पनि जित निकाल्न सफल भयो। स्वीजरल्यान्डका नोइन्जा मेडले रातो कार्ड पाएपछि खेलको अन्त्यतिर टोली १० खेलाडीमा सीमित रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय