मिनाको ह्याट्रियकमा श्रीलंकाविरुद्ध नेपालको शानदार जित

भक्तपुर न्यूज

३२ असार २०८२ ७:२३

मिनाको ह्याट्रियकमा श्रीलंकाविरुद्ध नेपालको शानदार जित

काठमाडौं। मीना देउवाको ह्याट्रिकमा नेपालले साफ महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो। नेपालको जितमा मीनाबाहेक पूर्णिमा राईले २ गोल गरिन्। समीक्षा मगर र सरिता नाथले १/१ गोल गरिन् ।

पहिलो हाफमै ५ गोल हानेको नेपालले दोस्रो हाफमा थप २ गोल गर्‍यो । यो जितसँगै तीन खेल खेलेको नेपालले एक मा हार र दुई जितसँगै ६ अंक बनाएको छ । समान तीन खेलमा तीनै जित निकाल्दै बंगलादेश ९ अंकसिहत शीर्षस्थानमा छ ।

यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भयो । तीन खेल खेलेको श्रीलंका जितविहीन छ भने भुटान एक जितसहित अंकतालिकामा तेस्रो नम्बरमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय