१०० वर्षे राष्ट्रपति बन्ने बाटोमा बिया

भक्तपुर न्यूज

३१ असार २०८२ १२:१५

१०० वर्षे राष्ट्रपति बन्ने बाटोमा बिया

काठमाडौं । ९२ वर्षीय क्यामरुनका राष्ट्रपति पाउल बियाले आगामी अक्टोबरको चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

४३ वर्षदेखि सत्तामा रहेका बियाले सामाजिक सञ्जालमार्फत आठौं पटक राष्ट्रपतिमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका हुन्। भ्रष्टाचार, सुरक्षा कमजोरी र जनगुनासोका बाबजुद उनले शासन लम्ब्याउने संकेत दिएका छन्। उम्मेदवारी घोषणा भएपछि क्यामरुनको निर्वाचन माहोल चर्किएको छ। सन् १९८२ देखि पराजय नदेखेका बिया जितेमा उनको कार्यकाल सकिँदा उमेर १०० वर्ष नाघ्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय