प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
काठमाडौं । ७८ लाख घुस डिल अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै उनले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि राजीनामा दिएको बताएका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर गुप्तासँग सोधपुछ गरेका थिए। भूमि आयोग कास्की र मालपोत सरुवासम्बन्धी अडिओ सार्वजनिक भएपछि विपक्षी दलका नेताहरूले उनको बर्खास्तीको माग गरेका थिए।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
