सेख हसिनाको “गोली चलाउ” अडियो लिक, १४०० को ज्यान गएको बङ्गलादेश आन्दोलनको रहस्य खुल्यो
काठमाडौं । बङ्गलादेशमा गत वर्षको जनप्रदर्शनका बेला तत्कालीन प्रधानमन्त्री सेख हसिनाले सुरक्षा अधिकारीलाई प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको अडियो सार्वजनिक भएको छ। लिक भएको अडियो १८ जुलाईको भएको जनाइएको छ। अडियोमा उनले “घातक हतियार प्रयोग गर्न तयार रह” भन्ने निर्देशन दिएकी छिन्।
गत वर्षको आन्दोलनमा १४०० जनाभन्दा बढीको ज्यान गएको थियो। ५ अगस्टमा प्रदर्शनकारीले प्रधानमन्त्री हसिनाको घर घेरेपछि उनी भारत भागेकी थिइन्। उनी हाल भारतमै आश्रयमा छन्।
अडियो सार्वजनिक भएसँगै उनीविरुद्धको मानवता विरोधी अपराध मुद्दा अझ बलियो हुने देखिएको छ। अभियोजन पक्षले उक्त अडियोलाई प्रमाणको रूपमा अदालतमा पेश गर्ने तयारी गरिरहेको छ।
अडियोमा निर्देशन पाएको सुरक्षाकर्मीको पहिचान भने खुलाइएको छैन। आन्दोलनका क्रममा प्रदर्शन रोक्न नसकिएपछि सरकार ढलेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३