अहमदाबाद विमान दुर्घटनाः २४१ जनाको मृत्यु भएको पुष्टि

भक्तपुर न्यूज

३० जेठ २०८२ ८:१५

अहमदाबाद विमान दुर्घटनाः २४१ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । एयर इन्डियाको अहमदाबादमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ बिहिबार दिउँसो दुर्घटना हुँदा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ ।

बोइङ ७८७–८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो । उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो ।

विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ । एक जना बेलायती मूलका भारतीय नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *