सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
काठमाडाैं । सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार एक सयले घटेर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
