भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वी क्षेत्रका चार प्रदेशमा ४८ घण्टादेखि भारी वर्षा भइरहेको छ। वर्षापछिको बाढी पहिरोका कारण शनिवार दिउँसोसम्म १४ जनाको मृत्यु भएको छ। अरुणाञ्चल, असम, मेघालय र मिजोरम प्रदेशहरूमा भारी वर्षा भइरहेको र त्यसबाट १४ जनाको ज्यान गएको बिबिसी हिन्दीले जनाएको हो।
अरुणाञ्चल प्रदेशको कामिंग जिल्लामा मात्रै पहिरोबाट शनिवार दुई परिवारका सात जनाको मृत्यु भएको छ। यसअघि शुक्रवारै अरुणाञ्चल प्रदेशकै जिरो कस्बेमा पहिरोबाट दुई जनाको ज्यान गएको थियो। यस्तै असम प्रदेशको कामरूप महानगर जिल्लामा पहिरोबाट पाँच जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन महिला परेका छन्। बाढी पहिरोबाट चार प्रदेशका हजारौँ बासिन्दा प्रभावित भएको सञ्चारमाध्यमले जनाएका छन्। यस्तै असम, अरुणाञ्चल र मेघालयमा वर्षासँगै भारी आँधी–तुफान पनि आइरहेको समाचार छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१६ जेठ २०८२ ११:३१