बाढीमा परी कम्तीमा ११५ जनाको मृत्यु
काठमाडौं । नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११५ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले धेरै घण्टासम्म वर्षा जारी रहेको बताए ।
उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन् ।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ ।
नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो । त्यतिबेला लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भए र ६०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।एजेन्सी
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१५ जेठ २०८२ ११:३०
बार्सासँग लमिन यामलको ६ वर्षको नयाँ सम्झौता
१५ जेठ २०८२ १०:३९