दाङ–सल्यान सडक खण्ड अवरुद्ध
काठमाडौं । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्ड अवरुद्ध भएको छ। सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो। एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ।
सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन्। साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९