“मानव तस्करलाई कारवाही गर, निष्पक्ष छानविन आयोग गठन गर”

भक्तपुर न्यूज

१४ जेठ २०८२ १२:५८

“मानव तस्करलाई कारवाही गर, निष्पक्ष छानविन आयोग गठन गर”

काठमाडौं ।  आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले “मानव तस्करलाई कारवाही गर, निष्पक्ष छानविन आयोग गठन गर” भन्ने नारा लगाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । विपक्षी दलका सांसदहरूको नारावाजी र हो–हल्लाबिच सभामुद देवराज घिमिरेले सत्तारुढ दलका सांसद श्याम घिमिरेलाई बोल्ने समय दिएता पनि उनले तपाइँले बोलेका कुरा केही सुनिएन, बुझिएन तपाइँ बस्नुहोस् भनी निर्दैश दिएका थिए । त्यसपछि पनि नेकपा माओवादी, राप्रपा र रास्वपाका सांसदहरूले नारावाजी जारी राखेको अवस्थामा सभामुख घिमिरेले बैठक आधा घन्टका लागि स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *