आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

भक्तपुर न्यूज

१२ जेठ २०८२ १३:१७

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ६७ पैसा र बिक्रीदर १८४ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ८५ पैसा र बिक्रीदर १६५ रुपियाँ ५८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५० पैसा र बिक्रीदर ९८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८१ पैसा र बिक्रीदर १०६ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १६ पैसा र बिक्रीदर ३२ रुपियाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २८ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७१ पैसा र बिक्रीदर २० रुपियाँ ८० पैसा तोकिएको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *