गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
काठमाडौं । गाजामा इजरायलले पछिल्लो २४ घण्टामा गरेको बम आक्रमणमा ७६ जना प्यालेष्टाइन नागरिकको को मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार जारी हमलाहरूमा हताहत हुनेहरूको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजामा द्वन्द्व सबैभन्दा क्रूर चरणमा पुगेको बताएका छन् ।
गुटेरेसले भोकमरीको चपेटामा परेकाहरुकोमा सहायता पुग्न नसकेको बताएका छन् । गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा इजरायलको युद्धमा कम्तिमा ५३ हजार ८ सय २२ प्यालेस्टिनीहरू मारिएका छन् भने एक लाख २२ हजार जना घाइते भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९