भक्तपुर अस्पतालमा १ सय २३ बर्ष पछि सिटी स्क्यान र मेमोग्राफी सेवा सूरु

भक्तपुर न्यूज

५ जेठ २०८२ १६:०२

भक्तपुर अस्पतालमा १ सय २३ बर्ष पछि सिटी स्क्यान र मेमोग्राफी सेवा सूरु

भक्तपुर । भक्तपुर अस्पतालमा स्थापना भएको १ सय २३ बर्ष पछि सिटी स्क्यान र मेमोग्राफी सेवा सूरु भएको छ ।

आज अस्पतालमा बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सिटी स्क्यान र मेमोग्राफी सेवाको उद्घाटन गर्दै सेवा शूभारम्भ गरेका हुन् । अस्पतालमा आजवाट मानसिक बार्ड, बर्थिङ बार्ड र पीआईसियु वार्ड समेत सूरु भएको छ । अस्पतालको विभिन्न सेवाहरुको उद्घाटन गर्दै मन्त्री थापाले भक्तपुर अस्पताल बागमति प्रदेश भरीकै उत्कृस्ट अस्पताल हुन सफल भएको भन्दै अस्पतालमा न्यूरो उपचार सेवाको लागी एक करोड वजेट विनियोजन भइसकेकाले चाँडै थप सेवा सुरु हुने बताए । उनले आगामी आर्थिक बर्षको बजेट वाट न्यूरो उपचार सेवा, भक्तपुर अस्पतालले मदनभण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालमा संयुक्त टेलिमेडिसिन सेवा सुरु गर्ने र आधारभूत अस्पतालहरुवाट समेत टेलिमेडिसिन सेवाबाट लाभाम्वित हुने बताए ।

थापाले अस्पतालमा अवदेखि ५ वटा डाईलाइसिस मेसिन वाट सेवा सुरु हुने समेत जानकारी दिए । अस्पतालमा भौतिक पुर्वाधार विकास गर्न अर्को भवन आवश्यक भएको भन्दै थप भएको भवनवाट थप विषेशिकृत सेवा र आँखाको विशेषिकृत सेवा सूरु हुने वताए । सिटी स्क्यान सेवा का लागि बागमति प्रदेश सरकारले ८ करोड रुपैँया लागतको मेसिन खरिद गरेको उनले बताए । उनका अनुसार भक्तपुर वाहेक प्रदेशका अन्य ३ अस्पतालहरुमा पनि सिटी स्क्यान सेवा सुरु भएको जानकारी दिए ।

यस्तै वागमति प्रदेशका प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विगतमा रिफरल अस्पतालको रुपमा परिचित भक्तपुर अस्पतालको विभिन्न सेवा विस्तारसँगै सेवाग्राहीको चाप बढेको र विश्वास जित्न सफल भएको बताए । भक्तपुर अस्पताल बागमति प्रदेशको मात्र नभइ देश भरकै सरकारी अस्पतालहरु मध्ये उतकृष्ट अस्पताल हुन सफल भएको भन्दै अस्पतालको सेवाको गुणस्तर कायम गर्न चिकित्सक तथा कर्माचारीहरुलाई आग्रह गरे । सिटी स्क्यान सेवालाई अस्पतालले २४ घण्टा नै सेवा दिनुपर्ने उनको जोड थियो ।

यस्तै वागमति प्रदेशका स्वस्थ्य सचिव सुमित्रा गौतमले सिटी स्क्यान सेवाका लागि भक्तपुर वासीले १ सय २३ बर्ष सम्म कुर्नुपरेको बताइन् । केही दिन अगाडी देशै भरिको अस्पतालका निर्देशकहरुको आकस्मिक अनुगमनवाट ९२ प्रतिशत ल्याएर देशै भरि उत्कृष्ट हुन सफल भएको बताइन् । उनले एम एस एस मापनमा पनि यस अस्पतालले उत्कृष्ट नतिजा ल्याएको बताउदै मेडिकल सुपरिटेन्डेन्ट फेरिदैमा अस्पतालको गुणस्तर कम नहुने बताइन् । अस्पतालका निमित्त निर्देशक सुरन्द्र भट्टले सेवाग्राहीले अस्पतालको सेवा तथा सुविधामा कुनै कमि नहुने बताए । उनले अस्पताल तीन सय सैया स्विकृती भइसकेकाले अंग प्रत्यारोपण केन्दले प्रयोग गर्दै आएको भक्तपुर अस्पतालको भवन फिर्ता दिन माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *