भारतीय वायुसेनाको भनाइमा अपरेशन सिन्दूर जारी
काठमाडौं । भारतीय वायुसेनाले अपरेशन सिन्दूर जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै वायुसेनाले अपरेशन सिन्दूर सञ्चालन अझै पनि जारी रहेको उल्लेख गरेको हो। वायुसेनाले लेखेको छ,‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा तोकिएको कार्य सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्यो। यो अपरेशन राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो।’
भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गरेको छ। पहलगाम आक्रमणपछि भारतले मे ६–७ को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। यसपछि दुवै देशले एकअर्काको सैन्य अड्डाहरूमा आक्रमण गरेका थिए। शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२३ वैशाख २०८२ ११:५६