जेठ १५ गतेदेखि राजावादीको अनिश्चितकालीन जनआन्दोलन

भक्तपुर न्यूज

२५ वैशाख २०८२ १५:०८

जेठ १५ गतेदेखि राजावादीको अनिश्चितकालीन जनआन्दोलन

काठमाडौं । राजावादी समूहले आगामी जेठ १५ अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । आज बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन्। जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ। यस्तै हिन्दुराष्ट्रको पुनर्स्थापना, दुई तहको सरकार हुनुपर्ने राजावादी समूहको भनाइ छ।

आफूहरूको लक्ष्य प्राप्त गर्न सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमार्फत कार्यक्रमहरु हुने प्रतिबद्धता पत्रमा उल्लेख छ। जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *