सुरक्षा परिषदको बैठकमा रणनीतिक छलफल
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा अन्तर्राष्ट्रिय परिस्थिति एवं हालै भारत र पाकिस्तान बीचको भएको घटनाक्रम र त्यसबाट विकसित परिस्थितिको सामना गर्न अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बुधबार बसेको परिषद्को ३८ औ बैठकले विद्यमान अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको मूल्याङकन गरी आवश्यक रणनीति अपनाउने सम्बन्धमा छलफल गरेको बुझिएको छ । देशको सुरक्षा परिस्थितिको सूक्ष्म विश्लेषण गरेर आवश्यक रणनीति तय गरेर अगाडि बढ्ने विषयमा छलफल भएको रक्षा सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव रामेश्वर दंगालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल , गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थिति रहेको थियो ।