भारतले आफ्नो भूमिबाट बग्ने पानी सीमापारि जान नदिने, नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता

भक्तपुर न्यूज

२४ वैशाख २०८२ १५:५१

भारतले आफ्नो भूमिबाट बग्ने पानी सीमापारि जान नदिने, नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारतले आफ्नो भूमिबाट बग्ने पानी अन्तर्राष्ट्रिय सीमापारि जान नदिने घोषणा गरेको छ। “अब भारतको पानी भारतको फाइदाका लागि बग्ने छ, भारतको फाइदाका लागि संरक्षण गरिने छ र त्यसको उपयोग भारतको प्रगतिका लागि गरिने छ”, प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भने। तर त्यस क्रममा उनले पाकिस्तानको नाम किटान गरेनन्।

उनको यो टिप्पणी भारतले ६५ वर्ष पुरानो पानी बाँडफाँट सन्धि निलम्बन गरेको करिब दुई सातापछि आएको छ। गत महिना भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध निकै बिग्रिएको छ। भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गर्ने गरेको आरोप लगाउने गरेको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्दै आएको छ।

मङ्गलवार राति भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेको छ। पाकिस्तानी सेनाका अनुसार भारतीय आक्रमणका परी कैयौँ सर्वसाधारण मानिस हताहत भएका छन्। भारतले पाकिस्तानले गरेको गोलाबारीका कारण आफ्नो भूमिमा कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ।

भारतबाट पाकिस्तानतर्फ केही नदीहरू बग्छन्। ती नदीबाट पाकिस्तानपट्टि ८० प्रतिशतजति भूमिमा आवश्यक सिँचाइ गरिन्छ। पाकिस्तानी नेताहरूले यस अघि पानी रोक्ने कुनै पनि प्रयत्नलाई “युद्धको कारबाही मानिने” बताएका थिए।

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता

भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विशेष सर्कुलर जारी गरेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएको केही अनलाइन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *