श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।
सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा यो घटना भएको प्रहरीले जनाएको छ । श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्याएको थियो ।
अस्पताल पुर्याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली बराललाई डाक्टरले मृत घोषणा गरेका थिए ।आज मंगलबार ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेको हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
