दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध
काठमाडौं । नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ।
चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
विनयी त्रिवेणी गाउँपालिका(२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिएका हुन्।
बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ। राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यस खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०