नेपाल-भारत पूर्वी सीमा कडा निगरानीमा
काठमाडौं । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ ७:१९