शिक्षक आन्दोलनलाई थप चर्क्याउने निर्णय

भक्तपुर न्यूज

१५ वैशाख २०८२ ११:४५

शिक्षक आन्दोलनलाई थप चर्क्याउने निर्णय

काठमाडौं ।  शिक्षक आन्दोलनको क्रममा हिजो आइतबार नयाँ वानेश्वरमा प्रहरीसँग भएको झडपपछि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्क्याउने निर्णय गरेका छन् । नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारीमाथि भएको क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेशागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।

उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक (कर्मचारीहरू) अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक (कर्मचारी) साथीहरूलाई आफ्ना साथीहरूमाथि भएको अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आएर आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’

नयाँ बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका थिए । तीमध्ये झण्डै १ दर्जनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *