म्यानचेस्टर सिटीको महत्वपूर्ण जित

भक्तपुर न्यूज

१० वैशाख २०८२ ७:३५

म्यानचेस्टर सिटीको महत्वपूर्ण जित

काठमाडौं ।  म्याथु नुनेजको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित हात पारेको छ। मंगलबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले एस्टोन भिल्लामाथि २–१ को  जित निकालेको हो। च्याम्पियन्स लिगको दौडमा रहेको सिटीका लागि नुनेले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै सिटीलाई जित दिलाएका हुन्।

पहिलो हाफको सातौँ मिनेटमा बर्नान्डो सिल्भाको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर १८ औँ मिनेटमा मार्कुस रासफोर्डको पेनाल्टी गोलमा भिल्लाले बराबरी गरेको थियो। यो जितसँगै सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। लिगको ३४ खेलबाट ६१ अंक बनाएको सिटी तेस्रो स्थानमा छ।

सिटीभन्दा एक खेल कम खेलेका नटिङघम फरेस्ट ६० अंकमा चौथो स्थानमा रहेको छ। न्युक्यासल युनाइटेड ५९ अंकमा पाचौँ स्थानमा रहेको छ। ५७ अंकमा चेल्सी छैटौँ स्थानमा रहेको छ। शीर्ष पाँचबाट बाहिर रहेको चेल्सीले अब न्युक्यासल र नटिङघम फरेष्टविरुद्ध खेल्ने तालिका छ।चेल्सीले अबका खेलमा पनि हार भोगे युरोपा लिगको दौडबाट पनि बाहिरिने छ। सिटीले भने वुल्भ्स र रेलिगेसनमा परेको साउथहेप्टनविरुद्ध खेल्ने तालिका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *