सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
काठमाडौं । रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । विगत लामो समयदेखि बिरामी भएका उनी ८८ वर्षका थिए । एपीको रिपोर्टका अनुसार भ्याटिकन क्यामरलेङ्गो कार्डिनल केभिन फारेलले उनको मृत्युको घोषणा गरेका छन्।
यसअघि आइतबारमात्रै पोप सार्वजनिक रुपमा देखा परेका थिए । उनले ईस्टर सन्डेका दिन अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका थिए । सन् १९३६ मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा जन्मेका उनी सन् २०१३ देखि रोमन क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरुका रुपमा निर्वाचित भएका थिए । उनी लामो समयदेखि निमोनिया र फोक्सको समस्याबाट ग्रसित थिए । हालैमात्र उनले लामो समय अस्पतालमा बिताएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३