गाउँपालिकाका अध्यक्षमाथि बिहीबार मध्यरातमा गोली प्रहार
बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ ।
राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ । राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
