दिनभर घटेको नेप्से  बजार बन्द हुँदा बढेर बन्द

भक्तपुर न्यूज

२५ चैत २०८१ १५:२५

दिनभर घटेको नेप्से  बजार बन्द हुँदा बढेर बन्द

काठमाडौं ।  मंगलबार दिनभर घटेको नेप्से  बजार बन्द हुँदा शेयर बजार बढेर बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकाएर बिदा भएपछि अर्को गभर्नर को आउन टुंगो नलागेका कारण बजार घटेको अनुमानका बीच आज भने बजार झिनो अंकाले बढेको छ ।

आज नेप्से १.७३ प्रतिशतले बढेर २६७१.८० विन्दुमा परिसूचक पुगेको छ । आज बजार झिनो अंकले बढ्दा ५ अर्ब ३० करोड ९५ लाख ६९ हजार रुपैयाँ बरबरको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयर कारोबार भएको छ । आज दिनभरमा १२१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ५३ हजार ४९२ पटक शेयर किनबेच भएको छ ।आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले बढेर ७ हजार ५९.५७ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेर १३६४.३३ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स ०.९२ प्रतिशतले, लघुवित्त ०.१६ प्रतिशतले, निर्जीवन बीमा ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.९१ प्रतिशतले बढेको छ ।आज सबैभन्दा बढी अन्य समूह ०.६१ प्रतिशतले घटेर २ हजार ४४६.३२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घटेर १९.१६ विन्दुमा पुगेको छ ।साथै, विकास बैंक ०.३५ प्रतिशतले, होटल तथा पर्यटन ०.५४ प्रतिशतले, होइड्रोपावर ०.२२ प्रतिशतले, लगानी ०.२८ प्रतिशतले र जीवन बीमा समूह ०.०८ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *