कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय विनाशकाले विपरित बुद्धि :कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन्।
सरकारले कुशासनको निरन्तरताको अर्को कडी यो रहेको भन्दै यसको स्वामित्व सरकारमा सहभागी रहेको दल कांग्रेसले नलिने उनले बताएका हुन्।
साथै, उनले सरकारका गतिविधिको विरोध गर्दै यसरी कतिदिन चल्ने र चलाउने भनी प्रश्नसमेत गरेका छन्।
‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीस् कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले,’ उनले भने,’नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कतिदिन चल्ने र चलाउनेरु विनाशकाले विपरित बुद्धि।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००