थिमिमा सिद्धि गणेश मन्दिरका गुठियारहरुलाई पोशाक वितरण
भक्तपुर । मध्यपुर थिमि नगदेशस्थित सिद्धि गणेश मन्दिरका गुठियारहरुलाई पोशाक वितरण गरिएको छ ।
सिद्धि गणेश द्योछें विकास समितिले एक दर्जन वढी गुठियारहरुलाई पोशाक वितरण गरेको हो ।
विस्का जात्राको क्रममा द्योपालाहरु सवै एउटै पोशाकमा होस् भन्ने मनसायले पोशाक वितरण गरिएको समितिका सचिव विजयशंकर प्रधानांगले जनाए । उनका अनुसार विस्का जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन ९यो वर्ष चैत्र ३१ गते, वैशाख १ गते र वैशाख २ गते यहाँं जात्रा हुन्छ । वैशाख १ गते सथासिया जात्रा (विहानको जात्रा ) र २ गते बहिनीसिया जात्रा (साँंझ) को जात्रा हुने गर्दछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
