साउदी अरबमा नेपालीको मृत्यु
काठमाडौं १६ असोज । नेपाली कामदार ३५ वर्षीय वीरबहादुर रानाको दुर्घटनामा परी साउदी अरबमा मृत्यु भएको छ । साउदीमा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका रानाका अरबको माहिलमा सवारी दुर्घटनामा मृत्यु भएको हो ।
राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएका थिए । घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ, । वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएका थिए । मृतको शव स्वदेश ल्याउनका लागि पहल भईरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
