आज नेप्से परिसूचक १०.१४ अंकले घट्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । आज नेप्से परिसूचक १०.१४ अंकले घटेर २,७०४.७० विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४० करोडको मात्रै भयो । आज ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ५७ हजार ५८५ पटकको किनबेचबाट ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भए । बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, नीर्जिवन बिमा, अन्य र ट्रेडिङ उपसमूह घटे । म्युचअल फन्ड स्थिर रहे । फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन मात्रै बढे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३२
एक नेपालीसहित २८ जनाको निर्मम हत्या
११ वैशाख २०८२ १५:२०