रोनाल्डोको पेनाल्टी गोलसँगै नासर क्वार्टरफाइनलमा
काठमाडौं। क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै साउदी अरेबियाको क्लब अल–नासरले एएफसी च्याम्पियन्स लिग इलिटको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
मंगलबार राति सम्पन्न खेलमा इरानी क्लब एसतेग्लाललाई ३–० ले पराजित गरेको हो। रोनाल्डोले डिसेम्बर २०२२ मा रियाद क्लबमा प्रवेश गरेयता कुनै उपाधि जित्न सकेका छैनन्। अघिल्लो हप्ता तेहरानमा भएको पहिलो लेगको खेल (०–०) गुमाएका थिए।
तर, दोस्रो लेगमा उनले २६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। यो प्रतियोगितामा उनको सातौं गोल थियो। उक्त पेनाल्टी साडियो मानेलाई पेनाल्टी क्षेत्रमा लडाइएपछि प्राप्त भएको थियो।
खेलको सुरुआतमै जोन डुरानले डिबक्सको कुनाबाट उत्कृष्ट लोब प्रहार गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए।
एसतेग्लालका मेहरान अहमदीले पहिलो हाफको अन्त्यतिर दोस्रो पहेंलो कार्ड पाएपछि इरानी क्लब १० खेलाडीमा सीमित भयो। खेलको अन्त्यतिर डुरानकै अर्को गोलमार्फत ३–० को फराकिलो जित निकाल्न सफल भयो।
अल–नासरले अहिलेसम्म कुनै एसियाली उपाधि जितेको छैन।