लगातार नवौं हारपछि नेपाली महिला टोलीको पहिलो जित
काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार नवौं हारपछि नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ । युगान्डामा शनिबारदेखि सुरु भएको चारदेशीय टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युगाण्डामाथि एक विकेटको जित निकालेको हो ।
शनिबार नामिबियासँग पराजित नेपालले आज युगान्डामाथि अन्तिम ओभरको पाँचौं बलमा जित निकालेको हो । टस हारेर पहिला ब्याटिङ गर्दै युगान्डाले दिएको ७५ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि सना प्रवीनले सर्वाधिक १७ रन बनाउँदा पूजा महतोले १६ रन बनाइन् । यस्तै रुबिना क्षेत्रले १० रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गत वर्षको जुलाई १९ मा यूएईलाई श्रीलंकामा ६ विकेटले पराजित गरेयता नेपाल निरन्तर पराजित हुँदै आएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९