मौसम : तीन प्रदेशमा आंशिक बदली रहने
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेको पाइएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी तीनवटा प्रदेशका पहाडी भागमा आङ्शिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मुलुकका अन्य भागमा भने मौसम सफा रहेको छ ।
आज (बुधबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आङ्शिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आङ्शिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।
बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको तथा त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आङ्शिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३