एजेन्सी, ११ असोज । च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटी, रियल मड्रिड, सेभिल्ला र टोटनह्याम विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेष्टर सिटीले सख्तर डोनेस्कलाई २–० ले हराएको हो । सिटीका लागि केभिन डे ब्रुइन र स्टर्लिङले गोल गरे ।
यस्तै, रियल मड्रिडले बोरुसिया डर्टमण्डलाई ३–१ ले हराएको छ । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले २ तथा ग्यारेथ बेलले एक गोल गरे ।
त्यस्तै, टोटनह्यामले भने एपोएल निकोसियालाई ३–० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले ह्याट्रिक गरे । लिभरपुल भने स्पार्ताक मस्कोसँग १–१ गोलको बराबरीमा रोकियो । लिभरपुलका लागि फिलिप कौटिन्होले र मस्कोका लागि फर्नान्डोले गोल गरे ।
अरु खेलमा नापोलीले फेयनुर्डलाई ३–१ र सेभिल्लाले एनके मारिबोरलाई ३–० ले हरायो भने मोनाको पोर्तोसँग ३–० ले पराजित भयो ।
म्यानचेष्टर सिटी, रियल मड्रिड, सेभिल्ला र टोटनह्याम विजयी
0
Share.
Comments