गोविन्द केसीको अनशन स्थगित: १९ गतेदेखि फेरी बस्ने
काठमाडौं, ११ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा. गोविन्द केसीले आफ्नो १२औं अनशन स्थगन भएको घोषणा गरेका छन् । असोज ९ गते संसदमा नागरिक र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएपछि त्यसको विरोधमा ५ बुँदे मागहरु राखेर डा. केसी आमरण अनसनमा बसेका थिए ।
चिकित्सा शिक्षा विधयेक संसदबाट पारित नभएपछि तत्कालका लागि अनसन स्थगित गरेको डाक्टर केसीले बताए । केसीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।
उनी आमरण अनसनमा बसेको दिन अर्थात असोज ९ गतेका दिन संसदबाट विधेयक पारित गर्ने कार्यसुची रहेपनि सरकारले विधेयक अघि बढाएको थिएन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
