गोविन्द केसीको अनशन स्थगित: १९ गतेदेखि फेरी बस्ने
काठमाडौं, ११ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा. गोविन्द केसीले आफ्नो १२औं अनशन स्थगन भएको घोषणा गरेका छन् । असोज ९ गते संसदमा नागरिक र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएपछि त्यसको विरोधमा ५ बुँदे मागहरु राखेर डा. केसी आमरण अनसनमा बसेका थिए ।
चिकित्सा शिक्षा विधयेक संसदबाट पारित नभएपछि तत्कालका लागि अनसन स्थगित गरेको डाक्टर केसीले बताए । केसीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।
उनी आमरण अनसनमा बसेको दिन अर्थात असोज ९ गतेका दिन संसदबाट विधेयक पारित गर्ने कार्यसुची रहेपनि सरकारले विधेयक अघि बढाएको थिएन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४