कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी
बारा, ११ असोज । बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादवले १० हजार ९ सय ३ मत ल्याएर प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका बिनोद साहले १० हजार ७ सय १६ मत ल्याए ।
उपमेयरमा पनि कांग्रेसका रहिमा खातुनले १० हजार ५ सय ३८ मत ल्याएर विजयी भइन् । उनको प्रतिद्वन्दी एमालेका प्रतिमा यादवले १० हजार ३ सय ७२ मत ल्याइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
