उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात , तराईमा हुस्सु
काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा विभागले जनाएको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।
विभागले सातवटै प्रदेशका आंशिक बदली रहने जनाएको छ । पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको हो । राति भने यो प्रदेशमा बदलीमात्र हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१