प्रहरी नायव निरीक्षक खतिवडाले ब्यारेकमै झुन्डिएर आत्महत्या गरे
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् ।
झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार खतिवडाले तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा रहेको पानीकोटंकीमा जाने फलामको भर्याङमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं.४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका वडा नं.७ बस्ने ४९ वर्षीय खतिवडाले नाइलनको डोरीको पासो लगाएका हुन् ।
उनका आफन्तहरूलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको चौहानले जानकारी दिएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१