बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

भक्तपुर न्यूज

१० असोज २०७४ ५:२२

बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

बारा, १० असोज । बारागढी गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुख पदमा संघीय समाजवादी फोरमका उम्मेदवार निर्वाचित भएका छन् ।
आज बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रमुखमा कांग्रेसका देवदत्त बथार थारुले २ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अशोककुमार जैशवालले २ हजार ५ सय ५५ मत पाए ।
उपप्रमुख भने संघीय समाजवादी फोरमकी लक्ष्मी देवी रायले २ हजार ५ सय ८० मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी चन्द्रावती चौधरीले २ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।
१६ वटा स्थानीय तह रहेको बारामा अब कलैया उपमहानगरको मात्र नतिजा आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *