चितुवाको छाला सहित एक पक्राउ
कैलाली । कैलालीको धनगढीबाट प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद छन् ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट झोला भित्र लुकाई–छिपाई राखेको टाउको देखि पुच्छर सम्म ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको चितुवाको जस्तो देखिने छाला १ थानसहित साउदलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
