चितुवाको छाला सहित एक पक्राउ
कैलाली । कैलालीको धनगढीबाट प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका–३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद छन् ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट झोला भित्र लुकाई–छिपाई राखेको टाउको देखि पुच्छर सम्म ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको चितुवाको जस्तो देखिने छाला १ थानसहित साउदलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाईएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००