ग्यास विस्फोटबाट घाइते भएका दुई जनाको मृत्यु

भक्तपुर न्यूज

२९ माघ २०८१ ११:३८

ग्यास विस्फोटबाट घाइते भएका दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा हिजो मृत्यु भएको हो ।

गत बिहीबार मःम पसलमा ग्यास लिक भएर विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । अन्य ९ जनाको उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *