जापान पठाइदिन्छु भनी ठगी गर्ने युवती पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–५ बस्ने २३ वर्षीया तिर्सना बाठा मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेकी तिर्सनाले जापान पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति १४/१५ लाखको दरले १ करोड २३ लाख रकम संकलन गरी दुई/तीन महिनादेखि सम्पर्कविहीन भएकी थिइन् ।
प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो । उनीविरुद्ध थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
