अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
काठमाडौं । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार साँझ २३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारत बिहार राज्य बाका घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई पक्राउ गरेको हो ।
घरमा अनलाइन जुवा खेलाई रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
