११.४९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

भक्तपुर न्यूज

२७ माघ २०८१ १५:१७

११.४९ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज परिसूचक ११.४९ अंकले घटेर २ हजार ६ सय ८८ दशमलव ३१ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स २.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ९ अर्ब २४ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ कारोबार भएको छ ।

आज ६८ वटा कम्पनीको मूल्य बढेको छ भने १६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।

आज सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३१ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *