भरूवा बन्दुक सहित एक पक्राउ
संखुवासभा । मकालु गाउँपालिका–५ खोत्ताकबाट भरूवा बन्दुक १ थान तथा बन्दुकमा प्रयोग हुने विभिन्न सरसामान सहित प्रहरीले एक जनालाई शनिबार बेलुकी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मकालु गाउँपालिका–५ नुम घर भएका ३० वर्षीय हेमराज बिक रहेका छन् ।
प्रहरीले उनी बस्ने घर तलासी गर्दा भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने नाल २ थान, बट १ थान, सोडा जस्तो देखिने पदार्थ २ किलोग्राम, केप २४ पिस, फलामको टुक्रा १ थान, सिसाको छर्रा २५ पिस, बारूद करिब १ सय ग्राम लगायतका सरसामान फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
