डोटीमा खाना पकाउने क्रममा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
काठमाडौं । डोटीको केआइसिंह गाउँपालिकामा आज बिहान खाना पकाउने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीले केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु. दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको छ ।
भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
