विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
काठमाडौं । धनगढीमा १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कूलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।
घट्ना बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति मात्र जानकारी आएको प्रहरीले जानकारी दिएको छ ।
स्कूलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाई आफूलाई घरमा लगि करणी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
बाजुराबाट अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
