सुनको मूल्य बढ्दा चाँदीको घट्यो

भक्तपुर न्यूज

२७ माघ २०८१ ११:२८

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन एक सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेकोमा आज एक सय रुपैयाँले बढेर एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार तोलाको एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *