सुनको मूल्य घट्दा चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन ४ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रहेकोमा आज ४ सय रुपैयाँले घटेर एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
